• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मोटरसाइकलसहित प्रोटिन पाउडर प्रहरी नियन्त्रणमा

मोटरसाइकलसहित प्रोटिन पाउडर प्रहरी नियन्त्रणमा
न्यूज टुडे
राजविराज, २१ असार । 
सप्तरी प्रहरीले एक मोटरसाइकलसहित विष्णुपुर गाउँपालिकाबाट अबैध रुपमा नेपाल ल्याइएको प्रोटिन पाउडर नियन्त्रणमा लिएको छ । सप्तरीको विष्णुपुर गाउँपालिका ४ शान्ति चौकबाट अबैध रुपमा भन्सार छली तथा चोरी पैठारी गरि ल्याएको  १ लाख  ८०  बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय  विष्णुपुरको  टोलीले को ३७प ६३७७ नम्बरको मोटरसाइकलसहित १ लाख ८० हजार ४ सय रुपैयाँको अबैध रुपमा भन्सार छली तथा चोरी पैठारी गरि ल्याएको सामान बरामद गरेको प्रहरीले जनाएको छ । 
प्रहरीलाई देखेपछि मोटरसाइकल र सामान छोडी संलग्न व्यक्ति भने फरार भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । उनका अनुसार प्रोटिन पाउडर ३८ पिस र मोटरसाइकल १ थान बरामद भएको छ ।
मोटरसाइकलसहित बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि  तिलाठी भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
सप्तरीमा प्रहरीले दिनहुँ भारतबाट अबैध रुपमा भन्सार छली तथा चोरी पैठारी गरि ल्याएको सामान बरामद गर्दै आएको छ ।