न्यूज टुडे
राजबिराज,२१ असार ।
राजबिराजमा मेयर कप ब्याडमिन्टन प्रतियाेगिता संचालन गरिएकाे छ। राजविराज नगरपालिकाको सहयोगमा सप्तरी यूथ नेपालले कार्यक्रम आयोजना गरेको हो ।
सप्तरी युथका अध्यक्ष माेहन यादबकाे अध्यक्षतामा शनिबार आयोजित एक कार्यक्रम बिच राजबिराज नगरपालिकाकी कार्यबाहक नगर प्रमुुख ईसरत परविन, न्यायधिश दिपक दाहाल, प्रमुख जिल्ला अधिकारी भाेेला दाहाल र सप्तरी प्रहरी प्रमुख एसपी गाैैतम कुमार केसीले संयुक्त रूपमा रिवन काटेर र ब्याडमिन्ट खेलेेर उदघाटन गरेका हुन् ।
राजबिराज वडा २ स्थित शहिद आनन्द कबर्ड हलमा आयाेजित कार्यक्रममा राष्ट्रिय अनुसन्धान उपनिर्देशक कुल चन्द्र न्याैपाने, सशस्त्र प्रहरी बल उपरिक्षक ज्ञानमणी पाैडेल, राजबिराज वडा २ का वडा अध्यक्ष अरूण कुमार यादब,राजबिराज नगरपालिका याेजना अधिकृत मनाेज कुमार यादब, राजबिराज नगरपालिका शाखा अधिकृत कल्पना देव, जसपा नेता दिनेश यादब, ब्याडमिन्टन संघ दिपक कार्की, कबर्ड हलका संयाेजक निरज कर्ण, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठ लगायतकाे उपस्थिति रहेकाे ब्याडमिन्टन संघका सचिव बिष्णु यादबले जानकारी दिए।
व्यक्तिमा स्फूर्ति, लचकता,स्थिरता तथा सन्तुलनको विकास गर्न साथै शारीरिक तथा मानसिक स्वस्थ्यताका निम्ति आयोजित ब्याडमिन्टन प्रतियाेगिता २५ वटा टिम सहभागी रहेको छ ।
मेयर कप ब्याडमिन्टन प्रतियाेगितालाई म्यानस डबल गरी दुई दंगबाट खेलाईने सप्तरी युथका अध्यक्ष मोहन यादवले जानकारी दिए ।