• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

‘पूर्व अर्थमन्त्री साहसंग जोडिएको समाचार निरधार’ :महासंघ

‘पूर्व अर्थमन्त्री साहसंग जोडिएको समाचार निरधार’ :महासंघ
न्यूज टुडे
राजविराज,१८ असार ।
 नेपाल पत्रकार महासंघ शाखा सप्तरीले मधेस प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साहसंग जोडेर शिर्ष खबर डटकममा आएको समाचारको घोर निन्दा गरेको छ । महासंघका सह सचिब डम्बर राईले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समयमा पूर्वअर्थमन्त्री र महासंघसंग जोडेर सार्वजनिक भएको समाचार निरधार रहेको टिप्पणी गरेको हो ।
शिर्ष खबरले पटक-पटक नेपाल पत्रकार महासंघ, सप्तरी एवं पदाधिकारीलाई बदनाम गर्न सुनियोजित ढंगले तथ्यहिन भएर एकतर्फी रुपमा भ्रमपुर्ण सामग्री प्रकाशन गर्दै आएको भन्दै आपत्ति जनाएको छ ।
‘नेपाल पत्रकार महासंघ, शाखा सप्तरीले तत्कालीन मधेश प्रदेश सरकारकाे सहयोगमा तीन तल्ला ‘पत्रकार अतिथि गृह(भवन)’ २०८० सालमै निर्माण भएकाे सर्वविदितै छ’ महासंघद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ’यही अतिथि गृह निर्माण क्रममा मधेश प्रदेशका तत्कालीन अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहलाई कमिसन दिएको भनेर शिर्ष खबर डट्कममा आएको समाचारप्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’  विज्ञप्तिमा अगाडि भनिएको छ,  ‘समाचारमा भनिएजस्तो कसैलाई पनि कुनै किसिमको कमिसन नदिइएको प्रष्ट पार्न चाहन्छौं । समाचारमा राखिएको फोटो पनि हाम्रो आधिकारिक नभएको अवगत गराउँदछाैं ।’
मधेश प्रदेशका तत्कालीन अर्थ मन्त्री साह र नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष शम्भु झाको विशेष पहलमा नेपाल पत्रकार महासंघकाे अतिथि गृह निर्माणका लागि पहिलो पटक रु. २५ लाख र दोश्रो पटक रु. ६० लाख विनियोजन भएको जानकारी गराउँदछु । उक्त बजेटले तीन तल्ला भवनमा आठ वटा काेठा निर्माण गरिएको छ । ४ वटा कोठा एट्याच बाथरुमसहितको डिलक्स बनाइएको छ । भुइँ तल्लामा पार्किङ र क्यान्टिन पनि निर्माण भएको छ ।’महासंघद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ । 
महासंघद्वारा जारी प्रेस विज्ञप्तिमा भवन निर्माणमा अनियमितता भएको भनी  सार्वजनिक भएको समाचार भ्रमपूर्ण र तथ्यहीन भएको दाबी गरिएको छ । 
‘भवन निर्माणका लागि कुल ८५ लाख बिनियाेजन हुँदा पनि महासंघले झन्डै १२ लाख कम अर्थात् ६५ लाख मात्रै खर्चिएकाे हाे । यसरी हेर्दा बाँकी १२ लाख बजेट सरकारकै खातामा फिर्ता भएको छ । तसर्थ, यो भवन निर्माणमा कुनै किसिमको अनियमितता भएको छैन’ विज्ञप्तिमा भनिएको छ ‘तर, शिर्ष खबरले पटक-पटक नेपाल पत्रकार महासंघ, सप्तरी एवं पदाधिकारीलाई बदनाम गर्न सुनियोजित ढंगले तथ्यहिन भएर एकतर्फी रुपमा भ्रमपुर्ण सामग्री प्रकाशन गर्दै आएको छ ।’
 विज्ञप्तिमा महासंघ र महासंघका पदाधिकारीलाई बदनाम गर्ने नियतले सार्वजनिक भएको समाचारप्रति घोर भत्सर्ना गरिएको छ ।  
‘बिना कारण नेपाल पत्रकार महासंघ, सप्तरी र पदाधिकारीलाई निरन्तर बदनाम गराउने कुकृत्यप्रति हामी घोर भत्सर्ना गर्दछौं । हामी यस किसिमको तथ्य बिनाको समाचार नलेख्न र समाचार लेख्दा पत्रकारिता आचारसंहिताको पूर्ण पालन गर्न आग्रह गर्दछौं ।’ जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । 
नेपाल पत्रकार महासंघ, शाखा सप्तरी यस किसिमको भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने समेत जानकारी गराउँदछाैं ‘ महासंघका सह सचिब डम्बर राईद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।