न्यूज टुडे
राजविराज ,१२ असार ।
सप्तरीको राजगढ गाउँपालिका ४ प्रिपाहीमा बिहीवार एक यूवाको घाँटी रेटेर हत्या गरिएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ बस्ने छेदीलाल खंगको छोरा बर्ष ३२ को राज कुमार खंगको विहान ८ बजे घाँटी रेटी हत्या गरिएको अवस्थामा मृत शव फेला परेको हो ।
स्थानीयले बिहीवार बिहान ८ बजे एक पुरुष व्यक्तिको शव देखेपछि प्रहरीलाई जानकारी हुनसाथ जिल्ला प्रहरी कार्यालय सप्तरीबाट अनुसन्धान टोली खटी शवको पहिचान गरेको सप्तरीका निमित्त प्रहरी प्रमुख डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
घटना स्थलमा प्रहरी टोली पुगी प्रारम्भिक अनुसन्धान गर्दा मृतक खंगको पहिचान भई थप अनुसन्धान कार्य भइरहेको उनले जानकारी दिए । घटना स्थलमा मुचुल्का सहितको कार्य पूरा गरी मृतक खंगको शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको डिएसपी बस्नेतले जानकारी दिए ।
घटना स्थलमा मधेस प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोली खटी अनुसन्धान कार्यलाई भइरहेको डिएसपी बस्नेतले बताए ।
सप्तरीमा एकपछि अर्को एकै प्राकृतिको घटना हुदा समेत अपरधि अहिलेसम्म पक्राउ नपर्दा सर्वसाधारण त्रसित भएका छन् ।