जनता समाजवादी पार्टी नेपाल कञ्चनरुप नगरपालिकाको प्रथम एकताको अधिबेशन सम्पन्न भएको छ । नगर समिति अध्यक्ष सुदम्वर यादवको अध्यक्षता तथा केन्द्रिय सदस्य भरत प्रसाद महतोको प्रमुख आतिथ्यमा बुधबार आयोजित एक समारोहका वीच नगर अधिबेशन सम्पन्न भएको हो ।
नवनिर्वाचित नगर अध्यक्ष सुदम्बर यादव । फोटो : न्यूज टुडे
अधिबेशनमा प्रमुख अतिथि केन्द्रिय सदस्य महतो, केन्द्रिय सल्लाहकार समिति सदस्य श्यामदेव यादव, जिल्ला कोषाध्यक्ष बृजमान तामाङ, सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का अध्यक्ष हेमन्त बहडखेर, उपाध्यक्ष दक्ष नारायण श्रेष्ठ, जामुन महतो, युवा नेता अनोज कुमार यादव लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
अधिबेशनमा सहभागीहरु । फोटो : न्यूज टुडे
समाजवादी यूवा संघका मधेस प्रदेश समिति उपाध्यक्ष भुवनेश्वर यादव ( थापा)द्वारा संचालित कार्यक्रममा स्वागत नगर समिति उपाध्यक्ष कल्पना चौधरीले गरिन ।
अधिबेशनबाट सुदम्वर यादवको अध्यक्षतामा १९ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
गठित समितिको उपाध्यक्षमा कल्पना चौधरी, रब्बान खाँ, सचिवमा सुकदेव साह, उपसचिवमा बलराम साह,अबधेश मुखिया र कोषाध्यक्षमा भुटी कुमारी सरदरसहित १९ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत गठन भएको निर्वाचन अधिकृत देवेन्द्र कुमार यादवले जानकारी दिए ।