• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

विष्णुपुरमा सात दिने आधारभुत पत्रकारिता तालिम संचालन

विष्णुपुरमा सात दिने आधारभुत पत्रकारिता तालिम संचालन
न्यूज टुडे
राजविराज, ११ असार । 
सप्तरीको विष्णुपुर गाउँपालिकामा सातदिने आधारभुत पत्रकारिता तालिम संचालन गरिएको छ । विष्णुपुर गाउँपालिकाको सहयोगमा अभिव्यक्ती मिडिया प्रालि सप्तरीद्वारा तालिम आयोजना गरेको हो ।
तालिमका सहभागीहरु । फोटो : न्यूज टुडे
आयोजक समितिका अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षता तथा विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवको प्रमुख आतिथ्यमा बुधबार आयोजित एक समारोहका वीच तालिम उद्घाटन गरिएको थियो। 
विष्णुपुर गाउँपालिकाको सभा हलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष यादवले गमलामा पानी खन्याएर तालीम उद्घाटन गरे । 
तालिम उद्घाटन गर्दै प्रमुख अतिथि यादवले तालिमले बेरोजगारी समस्या न्यूनीकरण गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले युवायुवतीहरुलाई पत्रकारिताको माध्यमबाट रोजगारीमा जोड्ने तालिमको उदेश्य रहेकोले सक्रिय सहभागीता जनाउन आग्रह गरे । 
कार्यक्रममा विष्णुपुर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष जीवछ मण्डल,वडा नम्बर ७ का अध्यक्ष लोचन साह, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष व्यासशंकर उपाध्याय, पूर्व सचिब ओमप्रकाश साह, नेपाल प्रेस यूनियन सप्तरीका अध्यक्ष विनयलाल कर्ण, प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष धर्मपाल राउतलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । 
अभिव्यक्ती मिडिया प्रालिका दिपक कुमार यादवद्वारा संचालित कार्यक्रममा स्वागत नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य बृजमान तामाङले गरे । 
असार १७ गतेसम्म संचालन हुने तालिममा विष्णुपुर गाउँपालिकाका ७ वटै वडाका गरि २२ जना सहभागी रहेका छन् ।