• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मिटरब्याज सम्बन्धी उजुरी सिडिओ कार्यालयले हेर्ने 

मिटरब्याज सम्बन्धी उजुरी सिडिओ कार्यालयले हेर्ने 
न्यूज टुडे
राजविराज,०५ असार । 
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी सम्पूर्ण उजुरी, छानबिन तथा फर्छ्यौट कार्यहरू जिल्ला प्रशासन कार्यालयले हेर्ने भएको छ ।  जिल्ला प्रशासन कार्यालय सप्तरीले बिहीबार  एक सूचना जारी गर्दै  यस्तो जानकारी गराएको हो । 
सूचनामा मिटर व्याज सम्बन्धि  सम्पूर्ण गतिविधि जिल्ला प्रहरी कार्यालयमार्फत नभई प्रशासन कार्यालयबाटै सञ्चालन गरिने उल्लेख छ । 
अबदेखि मिटरब्याज सम्बन्धी सम्पूर्ण कार्य जिल्ला प्रशासन कार्यालयमार्फत सञ्चालन हुने जनाउँदै यस सम्बन्धी सबै कार्यमा प्रत्यक्ष सरोकारवाला तथा सेवाग्राहीहरूलाई जानकारी गराएको सूचनामा भनिएको छ ।
‘सूचनामा अनुसार, अब जिल्लाभित्र मिटरब्याज सम्बन्धी उजुरी, छलफल, छानबिन र निर्णय गर्ने सम्पूर्ण प्रक्रिया प्रशासन कार्यालयमार्फत सहज रूपमा सञ्चालन गरिनेछ’ सूचना भनिएको छ ।
सूचनामा जिल्लावासीहरूलाई आवश्यक समन्वय तथा जानकारीका लागि कार्यालयमा सम्पर्क गर्न समेत आग्रह  गरिएको छ।