• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अनुचित लेनदेन मुद्दाका प्रतिवादी यादव पक्राउ 

अनुचित लेनदेन मुद्दाका प्रतिवादी यादव पक्राउ 
नर्मदेव यादव
रुपनी, ०४ असार । 
सप्तरी प्रहरीले अनुचित लेनदेन ठगी तथा विश्वासघात मुद्दाका एकजना प्रतिवादीलाई नियन्त्रणमा लिएको छ । रुपनी गाउँपालिका वडा नम्बर २ पौवा टोल बस्ने वर्ष ५५ को भरत प्रसाद भुडेर यादवलाई  बुधबार प्रहरीले नियन्त्रणमा लिएको हो । 
सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर २ बस्ने भागवत यादवले मुद्दा दर्ता गरेपछि फरार उनलाई बुधबार राजविराज बाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ  । सप्तरी जिल्ला अदालत राजविराजबाट दुई दिनको म्याद लिएर यादवमाथि अनुसन्धान अगाडि बढाइएको सप्तरीका प्रहरी प्रमुख  एसपी ढकेन्द्र खतिवडाले  बताए । 
अनुचित लेनदेन ठगी तथा विस्वासघात  मुद्दा यादव विरुद्ध  दर्ता भएको एसपी खतिवडाले जानकारी दिए ।  २०७३  जेठ  ३१ गते रुपनी राजविराज जाने सडक छेउमा रहेको चार कट्ठा दस धुर जगा भरत प्रसाद यादवको ज्वाइँ हनुमान नगर कंकालनी नपा बस्ने बिरेन्द्र मंगरैतको नाममा बन्दकी राखी राजीनामा पास गरि पट्कपटक गरि आठ लाख लिएको थियो ।
उनले ॠण लिएको मध्ये पटकपटक गरि १३ लाख रुपैयाँ  २०७४ सालमै बुझाउँदा समेत जग्गा फिर्ता गर्न  आलटाल गर्दै आएको पीडितले बताए ।
उक्त मुद्दाका तीन जना प्रतिवादी मध्ये एक जनालाई पक्राउ गर्न सफल भएको तथा अन्य दुई जना फरार रहेकोले उनीहरुको समेत खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।