शिवप्रसाद आचार्य
फत्तेपुर,०४ असार ।
सप्तकोसी नगरपालिका वडा नम्बर १ ले हलगोरु पाल्ने कृषकलाई १० हजार इनाम दिएको छ । भगवती मन्दिरको सभाहलमा बुधबार सम्पन्न वडासभामा हलगोरु पाल्ने किसानलाई पुरस्कार प्रदान गर्दै यसलाई निरन्तरता दिने निर्णय गरेको हो ।
आर्थिक बर्ष २०८१/८२ को बिकासीय कार्यक्रमको समीक्षाका साथै आ ब २०८२/८३ को बार्षिक नीति तथा कार्यक्रम वडा सभाबाट पारित गरिएको थियो। सभामा गत आर्थिक बर्ष भरिमा घरमा एकहल गोरु राखी खेती गर्ने नौ जना कृषक लाई प्रोत्साहन स्वरुप प्रमाण पत्र सहित रु दस हजार प्रदान गरिएको थियो । दुई कट्ठा भन्दा बढी जग्गामा व्यावसायिक तरकारी खेती गर्ने दुई जना कृषक लाई नगद पाँच हजार प्रदान गरिएको थियो।
यसैगरी ७० बर्ष भन्दा माथीका २ सय ९० ज्येष्ठ नगरिकलाई पनि आज सम्मान गारिएको थियो। समानित सबैलाइ कार्यक्रमका प्रमुख अतिथी मधेस प्रदेस सरकारका गृह,सन्चार तथा कानुन मन्त्री राजकुमार लेखी ले सम्मान गरे ।
वडाले गत बर्ष वडा भित्र रहेका १२ सय ९ घरलाई घर धुरी नम्बर उपलब्ध गराउने कार्यलाई अघि बढाएको र आगामी आबमा समपन्न गरिने वडा अध्यक्ष रोहिणी प्रसाद पोखरेल ले बताए । वडा सभामा आर्थिक बर्ष २०८२/८३ को बिनियोजित कुल बजेट ४४ लाख ५२ हजार भित्र पर्ने विभिन्न कार्यक्रमहरु माथी छलफल गरिएको थियो।
कार्यक्रममा सप्तकोसी नागरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद ढकाल ,उप प्रमुख रिता कुमारी चौधरी,निबर्तमान नगर प्रमुख उत्तम गौतम,निबर्तमान वडा अध्यक्ष नारायण आचार्य , नेपाली काँग्रेस सप्तकोसी नगर सभापति युबराज खनाल,एमाले नगर अध्यक्ष पारस दाहाल ,माओबादी नगर अध्यक्ष गुणराज कोइराला, राप्रपा नगर अध्यक्ष जयराम ढुङाना लागाय्तको उपस्थिती रहेको थियो।