न्यूज टुडे
राजविराज, ०३ असार ।
विश्व हिन्दु परिषद नेपाल सप्तरीको अध्यक्षमा केशव कुमार सिंह चयन भएका छन् । राजविराज स्थित दास धर्मशालामा मंगलबार सम्पन्न बैठकले तिलाठीकोइलाडी गाउँपालिकाका सिंहको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।
गठित समितिको उपाध्यक्षहरुमा राजविराज नगरपालिकाका हिरालाल साह, राजविराज नगरपालिकाका राज कुमार गुप्ता दिलिप दास,सचिबमा अग्नीसाईर कृष्णासवरन गाउँपालिका हाल राजविराज नगरपालिकाका विसुनदेव चौधरी र कोषाध्यक्षमा रुपनी गाउँपालिकाका फुलदेव यादव चयन भएका छन् ।
यसैगरी समितिको सेवा प्रमुखमा कञ्चनरुप नगरपालिकाका श्रवण कुमार साह, सह सेवा प्रमुखमा छिन्नमस्ता गाउँपालिकाकी लक्ष्मी यादव, गौ रक्षा प्रमुखमा विष्णुपुर गाउँपालिकाका विजय कुमार साह, धर्म प्रचार प्रमुखमा राजविराज नगरपालिकाका रामाकान्त यादव,सह सम्पर्क प्रमुखमा सूर्यनारायण यादव चयन भएका छन् ।
उक्त बैठकमा संगठनका विभिन्न केन्द्रीय विभागीय प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।