• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्षसहित तीनजना विरुद्ध सर्बोच्चमा मुद्दा

सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्षसहित तीनजना विरुद्ध सर्बोच्चमा मुद्दा
न्यूज टुडे
राजविराज, २५ बैशाख । 
सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवसहित तीन जना विरुद्ध सर्वोच्च अदालतम मुद्दा दर्ता भएको छ। भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाई पाएका उनीहरुलाई कारबाहीको माग गर्दै अख्तियरले सर्बोच्चमा मुद्दा दायर गरेको हो । 
विशेष अदालतबाट भएको फैसला चित्त नबुझेको उल्लेख गर्दै अख्तियार दुरुपयोग अनुशन्धान आयोगले बिहीवार  सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
आयोगले भ्रष्टाचार मुद्दामा विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव, लेखापाल टेक नारायण यादव र कम्प्युटर अपरेटर विरेन्द्र कुमार यादवविरुद्ध पुनरावेदन गरेको हो। यसअघि पनि तीनै जना विरुद्ध विशेष अदालतमा मुद्दा चलेको थियो।
विष्णुपुर गाउँपालिका–६ मा सोलार बत्ती जडान भएपपछि भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस पुष्टी भएको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा ५ लाख रुपैयाँ विगो कायम गरी मुद्दा दायर गरेको थियो।
जसमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय माग गरिएको थियो।
उक्त मुद्दामा विशेष अदालतले २३ चैत ०८० मा तीनै जनालाई सफाई दिने फैसला गरेको थियो। गत ३१ साउन ०८० मा राजविराजस्थित गजेन्द्र चौक नजिकबाट लेखापाल टेकनारायण र कम्प्युटर अपरेटर बिरेन्द्रलाई भुक्तानीको नाममा २ लाख नगद र ३ लाखको चेक लिदै गरेको अबस्थामा अख्तियारले पक्राउ गरेको थियो।
अनुशन्धानका क्रममा गाउँपालिका अध्यक्ष यादवसमेत पक्राउ परेका थिए।