• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

टेङ्गरीको कजला ठाकुर बाबा दर्शन गर्नेको घुइँचो

टेङ्गरीको कजला ठाकुर बाबा दर्शन गर्नेको घुइँचो
न्यूज टुडे
राजविराज, ०२ बैशाख ।
सप्तरीको अग्निसाइर कृष्णासवरन  गाउँपालिका ४ टेङ्गरी स्थित रहेको कजला ठाकुर बाबा ( कजला दह ) मन्दिरमा पुजा गर्ने भक्तजनको घुइँचो लागेको छ । नयाँ बर्षको दोश्रो दिन मंगलबार मन्दिर दर्शन गर्ने श्रादालू भक्तजनहरुको घुइँचो लागेको हो । 
हरेक बर्ष बैशाख २ गते लाग्ने मेलामा नेपाल तथा भारतका गरि हजारौं दर्शनार्थीहरुको घुइँचो लागेको स्थानीय समेत रहेको फोनिज सप्तरीका सदस्य रामसेवक मण्डलले बताए । 
मेला भर्न तथा मन्दिर दर्शनका लागि आएकाहरुका लागि विभिन्न संघसंस्थाले खानेपानी तथा खाजाको निशुल्क व्यवस्था गरेको उनले जानकारी दिए ।  धार्मिक पर्यटकीय दृष्टिले चर्चित उक्त स्थानमा प्राचीन दह, विभिन्न देवी देवता तथा नागको मुर्तिहरु रहेको छ । 
कजला दह ठाकुर बाबा मन्दिरको दर्शन गर्नाले चर्मरोग निको हुने तथा भाकल पूरा हुने जनविश्वास रहदै आएको छ ।