न्यूज टुडे
कञ्चनरूप, ०१ वैशाख । सौन्दर्यको रुपमा रहेको फूललाई मन नपराउने को होला र ? त्यसमा पनि वर्षमा १ दिन फूल्ने हारम (सुनाखरी) फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फुल हेर्नलाई मानिसहरूको भिड नै लाग्ने गर्दछ ।
इसाको छैठौं र सातौं शताब्दी देखि फुल्दै आएको त्यो चमत्कारी फूल वैशाख १ गतेका दिन विहानै फुल्नु र साँझपख ओइलाएर जानु एउटा आश्चर्य र कौतुहलताको विषय बन्ने गरेको छ ।
दलित मध्ये अति पिछडिएको दुसाद जातिको कुलदेवता तथा अन्तर्राष्ट्रिय स्तरमा पुजनीयका रुपमा रहेका वीरगाथाका वीरपुरुष सहलेशको जीवनसंग त्यस फूललाई जोडने गरेको पाइन्छ ।
प्रदेश नम्बर २ अन्तर्गत पूर्व पश्चिम राजमार्ग देखि पश्चिम विष्णु मन्दिर टोल स्थित कञ्चनरूप -९ रुपनगर अन्तर्गत नवराज पोखरेलको आँपको फुलबारीमा आँपको रुखको हाँगामा विगत १९ वर्षदेखि वर्षको पहिलो दिन त्यो दुर्लभ सुनाखरी फुल फुल्ने गर्दछ ।
धेरै वर्ष अगाडि देखि नै रुपनगर क्षेत्रमा यो फुलेको हामीले देख्ने गरेको र त्यस फूल प्रति त्यति वास्ता नगरेपछि आफ्नो क्षेत्रको पहिचान पछाडि पर्ने गरेको स्थानीय वृद्ध गुणराज पोखरेल बताउछ्न ।
‘हामीहरू अरुको ठाउँको मात्रै गुनगान गाउँछौँ तर आफनै ठाउँको पनि तारिफ गर्न गुनगान गाउन लायक ठाउँहरु छन’ उनले भने ।
बर्षको एक दिन बैशाख १ गते मात्र फुल्ने फुल सप्तरीको कंचनरुप ९ रुपनगर नबराज पोखरेलको आँप को बोटमा एसपाली पनि फुलेको छ ।बिगत १५ बर्ष देखो यो सुनाखरिको फुल फुल्दै आएको छ तर यसको प्रचारप्रसार नहुदा यसको अस्तित्वमा ह्रास आउँदै गइरहेको स्थानीयहरु बताउँछन् ।
फूल फुलेको बगैंचा देखि १ सय मिटर दक्षिण पूर्वमा साक्षात प्रकट नारायण विष्णुको मन्दिर रहेको छ भने ३ किलोमिटर पश्चिम उत्तर कञ्चनरूप १२ धारापानी पर्यटकीय स्थल भित्र सहलेश राजाको वास स्थानको रुपमा रहेको सहलेश पिडिया छ । त्यहाँ ३ वटा ढुङ्गाको पिरा रहेको र पिरा जसले बोकेर लान्छ त्यसको मृत्यु भएको इतिहास रहेको पाइन्छ ।
एउटा बाबाजीले पिरा बोकेर ल्याउदा खोलामा आएपछि बाबाजीको मृत्यु भएको, पिरा फुटेको र सहलेश पिडियनमा फेरि अर्को पिरा प्रकट भई ३ वटै पिरा रहेको छ । यसले के स्पष्ट हुन्छ भने यस क्षेत्रमा सहलेश राजाको वास स्थान रहेको पाइन्छ ।
यस क्षेत्रहरुको प्रबर्द्धन संरक्षण गर्न सके प्रदेश नम्बर २ कै नमूना धार्मिक पर्यटकीय स्थल बन्ने स्थानीयको विश्वास रहेको छ ।