न्यूज टुडे
राजविराज, ३० चैत ।
सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर १ मा शनिबार कर दाता शिक्षा कार्यक्रम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कर दाता सेवा कार्यालय राजबिराजले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
सप्तकोसी नगरपालिका वडा नम्बर १ स्थित दुर्गा मन्दिरको सभाहलमा साम्पन्न कार्यक्रममा सहजिकरण कर दाता सेवा कार्यालय राजबिराजका प्रमुख लाल देब सरार्फले गरेका थिए।
कार्यक्रममा सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद ढकाल , नगरउप प्रमुख रिता चौधरी , वडा अध्यक्ष रोहिणी प्रसाद पोखरेल, उधोग बाणिज्य महासंघ सप्तकोसीका अधय्क्ष सुदास राई ,व्यापार संघका पदाधिकारी ,सुरक्षाकर्मी ,पत्रकार लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा कर सम्बधी शिक्षा प्रदान गरिएको थियो।