• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
एमाले सप्तरीको अधिबेशनको तयारी पुरा
न्यूज टुडे
राजविराज,२९ चैत । 
नेकपा एमाले सप्तरीको दशौ अधिवेशनकाे सम्पूर्ण तयारी पूरा भएको छ । नेकपा एमाले, सप्तरीद्वारा राजविराजमा शुक्रबार पत्रकार सम्मेलन गर्दै अधिबेशनको सम्पुर्ण तयारी पूरा भएको जनाएको हो । 
एमाले सप्तरीका अध्यक्ष ताराकान्त चाैधरीले अधिवेशनकाे उद्घाटन गर्नका लागि पार्टीका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ आउने बताए।
अधिवेशनको उद्घाटन समारोह पार्टी कार्यालय प्राङ्गणमा हुने  तथा बन्द सत्र ३१ गरिने उनले बताए । अधिवेशनमा ३ सय ५२ प्रतिनिधि र १ सय  स्वयंसेवकको सहभागी हुने अध्यक्ष चौधरीले जानकारी दिए ।
पत्रकार सम्मेलनमा पार्टीका पोलिट व्यूरो सदस्य एवम् जिल्ला इन्चार्ज सुमनराज प्याकुरेल, केन्द्रीय सदस्य एवम् क्षेत्रीय इन्चार्जहरु राजकुमार लेखी, जितेन्द्र नारायण देवसहितका जिल्ला पदाधिकारीहरुको उपस्थिति थियो  ।