न्यूज टुडे
राजविराज, २७ चैत ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–७, कसहामा बुधबार मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा सुखीपुर नगरपालिका ८ का अन्दाजी ३० वर्षीय जयकुमार गिरी र कल्याणपुर नगरपालिका १२ का अन्दाजी २८ वर्षीय सन्तोष कुमार यादवको मृत्यु भएको हो।
पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको बा ४४ प १५६१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स ५ प ७७४० नम्बरको मोटरसाइकल एक आपसमा ठोकिंदा उक्त दुर्घटना भएको थियो ।
दुर्घटनामा बा ४४ प १५६१ नम्बरको माटरसाइकलका चालक गिरी र स ५ प ७७४० नम्बरको मोटरसाईकलका चालक यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
स ५ प ७७४० नम्बरको सन्तोषले चलाएको मोटरसाइकलमा पछाडि सवार सिरहा नगरपालिका १२ का करिब २४ वर्षीय सिकन्दर यादवको टाउको फुटेको तथा उनको उपचार भइरहेको सिरहा प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिए ।