• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
लेनदेन मुद्दाका प्रतिवादी खंग पक्राउ
न्यूज टुडे
राजविराज, २७ चैत । 
सप्तरी प्रहरीले लेनदेन मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । साविक गाविस गाढा वडा नम्बर ५ हाल महादेवा गाउँपालिका ३ का चन्देश्वर खंगलाई मंगलबार नियन्त्रणमा लिएको हो । 
सप्तरी जिल्ला अदालतबाट लेनदेन मुद्दामा वरदात पश्चात् फरार रहेका उनलाई खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
लेनदेन मुद्दामा ६ महिना कैद तोकिएका  खंगलाई आवश्यक कारबाहीका लागि बुधबार सप्तरी जिल्ला अदालत राजविराजमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक उदय कुमार राईले जानकारी दिए ।