• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

किसानी बहसबाट पारित योजना गाउँपालिकामा पेश गरिने 

किसानी बहसबाट पारित योजना गाउँपालिकामा पेश गरिने 
 न्यूज टुडे
राजविराज, २६ चैत । 
राष्ट्रिय कृषक समुह महासंघ नेपाल अग्नीसाईर कृष्णासवरन गाउँपालिकाले आव २०८२/०८३ को लागि पालिका स्तरीय किसानी बहसबाट पारित बजेट  योजना, नीति तथा कार्यक्रम गाउँपालिकामा पेश गर्ने निर्णय गरेको छ । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ४ स्थित बेल्हामा मंगलबार स्थानीय योजना तर्जुमा प्रक्रियामा साना सिमान्त किसानहरूको सवाल महासंघको अभियान विषयक किसानी बहसबाट पारित १२ बुँदे बार्षिक योजना गाउँपालिकामा पेश गर्ने निर्णय गरेको हो ।
कार्यक्रम सहभागी विभिन्न कृषक समुहक अध्यक्ष एवम् प्रतिनिधि । फोटो : न्यूज टुडे
राष्ट्रिय कृषक समुह महासंघ नेपाल अग्नीसाईर कृष्णासवरन गाउँपालिकाद्वारा आयोजित गाउँपालिका स्तरीय किसानी बहसमा किसानहरूका लागि कृषि औजार उपलब्ध गराउनुपर्ने,  कम्पोस्ट मल उत्पादन, सिंचाइ सुविधा,  बाँदर लगायतका कृषी उपजमा क्षति गर्ने  जंगली जन्तु नियन्त्रण, केयर नेपालको सहयोगमा संचालित कार्यक्रमलाई निरंतरता दिन लगानी बढाउनुपर्नेलगायतका १२ बुँदे मागसहितको प्रस्ताव पारित गरिएको छ । 
महासंघका अग्नीसाइर कृष्णासवरब्न गाउँपालिका अध्यक्ष रमानन्द चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रम प्रमुख अतिथि महासंघका जिल्ला सदस्य महेश प्रसाद चौधरीले किसान हकहितका लागि एकताबद्ध हुनुपर्नेमा जोड दिए । उनले महासंघको कार्यक्रमबाट बहुसंख्यक किसानहरु लाभान्वित भएकोले यसबाट  किसानहरुले अत्यावश्यक उपयोगी ज्ञान र सीप हाँसिल गरि कृषि उत्पादकत्व वृद्धि गरेको बताए । 
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका महासचिव बृजमान तामाङले गाउँपालिकाको समृद्धि र विकासको लागि कृषि क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए । उनले किसानी बहसले किसानहरूको समस्या समाधानमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले केयर नेपाल र गाउँपालिकाद्वारा संचालित कार्यक्रमहरुलाई निरन्तरता दिन किसान तथा सरोकारवालाहरूलाई आग्रह गरे । 
राष्ट्रिय कृषक समुह महासंघ नेपाल अग्नीसाईर कृष्णासवरन गाउँपालिकाकी सहजकर्ता सुमित्रा देवी चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत गाउँपालिका सचिब टिकालक्ष्मी चौधरीले गरिन भने कार्यक्रमको उदेश्य बारे महासंघका कार्यक्रम सहायक रामनारायण मेहताले प्रकाश पारे । 
गाउँपालिका अन्तर्गतका ६ वटै वडाका ८७ कृषक समुहको अध्यक्षहरु सहभागी गाउँपालिका स्तरीय किसानी बहसले आगामी आव २०८२/०८३ का लागि अग्नीसाईर कृष्णासवरन गाउँपालिका स्तरीय बार्षिक योजना,बजेट नीति तथा कार्यक्रम पारित गरिएको गाउँपालिका सहजकर्ता चौधरीले जानकारी दिइन ।