न्यूज टुडे
राजविराज, २६ चैत ।
बकधुवा-लोहजरा भित्री सडकखण्ड अन्तर्गत सप्तरीको अग्निसाईर कृष्णासईर गाउँपालिका ५ बकधुवामा मंगलबार मोटरसाइकल दुर्घटना परी एकजनाको मृत्यु भएको छ । राजविराज नगरपालिका १४ का अन्दाजी बर्ष ४५- ५० को हरेराम मण्डलको मृत्यु भएको हो ।
छ्पकीबाट महुलीतर्फ जाँदै गरेको प्र२-०१-००२ प २३०५ नम्बरको मोटरसाइकल आफै अन्यन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाईते मण्डलको उपचारको क्रममा गजेनद्र नारायण सिंह अस्पताल राजबिराजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटना भएको थाह हुनसाथ इलाका प्रहरी कार्यालय महुलीका प्रमुख प्रहरी नायव निरीक्षक रामजी कार्की नेतृत्वमा खटिएको प्रहरी टोलीले मण्डललाई उद्वार गरि अस्पताल पुर्याएका थिए ।
उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएका छन् ।
मण्डल डिभिजन वन कार्यालय महुलीमा कार्यरत रहेको खुलेको छ । घरबाट कार्यालय जाने क्रममा आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
मृतकको शव गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको तथा घटना बारे थप अनुसन्धान भईरहेको उनले बताए ।