• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मोटरसाइकल दुर्घटनामा ७ जना घाइते
न्यूज टुडे
राजविराज, २३ चैत । 
सप्तरीको अग्निसाईर कृष्णसावरन गाउँपालिका २ चाँदनी चोकमा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा परी ७ जना घाइते भएका छन्  । सितापुर- चाँदनी चोक स्थित भित्री सडक खण्ड अन्तर्गत सितापुरबाट चाँदनी चोकतर्फ आउदै गरेको प्र२-०१-००२प ५९५४ नम्बरको मोटरसाइकलले पैदल यात्रीहरुलाई ठक्कर दिदा उक्त दुर्घटना भएको हो । 
दुर्घटनामा स्थानीय अन्दाजी बर्ष ६५ की सुजन खंग, बर्ष ३० की रंजु खंग,  बर्ष ६५ की पर्मेश्वरी खंग,
बर्ष ६५ की सितली साह, बर्ष २५ की पुजा चौधरी, ‍बर्ष २ को प्रिन्स चौधरी, उदयपुर चौडण्डीगढी नगरपालिका ६ का बर्ष ३८ को नामसु आले मगर घाइते भएका छन् । 
घाइतेहरुको सप्तरी कञ्चनरुप नगरपालिका १२ स्थित धर्मेश्वर अस्पतालमा प्राथमिक उपचार पछि सबै जनालाई  थप उपचारको लागि विराटनगर स्थित गोल्डेन अस्पतालमा रेफर गरेको अस्पताल श्रोतलाई उदृत गर्दै  प्रहरीले जनाएको छ ।
साँझ ५ बजेको समयमा भएको दुर्घटनामा परी ६५ बर्षिय प्रर्मेश्वरी खंगको  बायाँ खुट्टा भाँचिएको छ भने अन्यको टाउको, हातखुट्टा तथा शरीरको विभिन्न भागमा चोटपटक लागेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । 
मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको तथा घटना बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।