• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीको कञ्चनरुप र सुरुङ्गामा आगलागी, लाखौंको क्षति  

सप्तरीको कञ्चनरुप र सुरुङ्गामा आगलागी, लाखौंको क्षति  
न्यूज टुडे
कञ्चनपुर,०२ चैत ।
सप्तरीको कञ्चनरुप नगरपालिका–४ कबिलासामा शनिबार आगलागी भएको छ । स्थानीय भागवत विश्वासको गोठमा आगलागी भएको हो ।  
आगलागीमा  गोठसँगै पशुचौपायाँ समेत जलेर मारेका छन् । घुर बाल्दै गर्दा अचानक सल्किएको  आगोको ज्वाला तीव्र रुपमा फैलिँदा गोठ र गाईलाई जोगाउन स्थानीयले गरेको प्रयास विफल भएको थियो । 
आगलागीमा १ गाई , ४ बाख्रा, ३ बाख्राको पाठापाठी ५ क्वीन्टल धान जल्दा ४ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 
आगो नेपाल प्रहरी, कञ्चनरुप नगरपालिकाको दमकल, स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरी शनिबार दिउँसो भएको आगलागीमा परी सुनुङ्गा नगरपालिका ३ सव डिभिजन कार्यालयमा थुपारी राखेको काठ जली पूर्ण रुपले नष्ट भएको छ । नजिकै रहेको जंगलबाट आगो फैलिएर आगलागी हुँदा २ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 
आगो दमकल र प्रहरीको सहयोगमा डेढघण्टापछी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।