न्यूज टुडे
राजविराज, ०२ चैत ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्नीसाइर कृष्णासवन गाउँपालिका वडा नम्बर २ सितापुरमा शुक्रबार राती यात्रुबस दुर्घटना भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र-१-०१-००१ ख ४१३६ नम्बरको बस अनियन्त्रित भइ दुर्घटना भएको हो ।
बस आफै अनियंत्रित भई स्थानीय गहिडी पुलमा दुर्घटना भएको प्रहरीले जनाएको छ । बस पुलमा ठोकिर अड्किएपछी ठुलो मानवीय क्षतिबाट जोगिएको इलाका प्रहरी कार्यालय महुलीले जनाएको छ । दुर्घटनामा बसमा सवार केही यात्रुहरु सामान्य घाइते भएपनि सबैजना सकुशल रहेको चालक विष्णु श्रेष्ठले बताए ।
घाइतेहरुको स्थानीय मेडिकलमा सामान्य उपचारपछि सबै यात्रुहरु घर फर्किसकेको उनले जानकारी दिए ।