• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

चाँदनी चौकमा हुजदार बंशावलीको सातौ सम्मेलन तथा प्रथम साधारणसभा

चाँदनी चौकमा हुजदार बंशावलीको सातौ सम्मेलन तथा प्रथम साधारणसभा
न्यूज टुडे
राजविराज, ०२ चैत । 
सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका २ चाँदनी वजारमा शनिबार थारु हुजदार वंशावली सेवा समाजको सातौं राष्ट्रिय सम्मेलन तथा प्रथम साधारणसभा सम्पन्न भएको छ । हुजदार सेवा समाजका केन्द्रीय अध्यक्ष प्रमोद कुमार हुजदार थारुको अध्यक्षता तथा संघीय सरकारका पूर्व सहरी विकास राज्यमन्त्री मञ्जु कुमारी चौधरीको प्रमुख आतिथ्यमा आयोजित एक समारोहका विच  सातौं राष्ट्रिय सम्मेलन तथा प्रथम साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रमल्लाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्व राज्यमन्त्री चौधरी । फोटो : न्यूज टुडे
उद्घाटन समारोहमा पूर्वमन्त्री चौधरी, अग्नीसाइर  कृष्णासवरन गाउँपालिकाकी उपाध्यक्ष कल्पना कुमारी चौधरी, थारु कल्याणकारीसभाका पूर्व कोषाध्यक्ष जयराम पंजियार थारु, आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका महासचिव बृजमान तामाङ, अग्नीसाईर कृष्णासवरन २ का वडा अध्यक्ष पशुपति प्रसाद चौधरी, नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सूर्यमान तामाङ,तिरुहुत थारु वंशावलीका केन्द्रीय सचिब चन्द्रदेव चौधरी, मरर थारु वंशावलीका महाविर प्रसाद चौधरी, हुजदार समाजका रमेश हुजदार थारुले शुभकामना मन्तव्य व्यक्त गरे । 
उद्घाटन समारोहमा मञ्चासीन प्रमुख अतिथि पूर्वमन्त्री चौधरीसहित अतिथिगण । फोटो : न्यूज टुडे

 हुजदार समाजका अगुवा केशव कुमार चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत समाजका केन्द्रीय उपाध्यक्ष सत्यनारायण हुजदारले गरे भने समाजका संरक्षक इन्जिनियर लक्ष्मी नारायण चौधरीले हुजदार वंशावलीको आवश्यकता तथा औचित्यता बारे प्रकाश पारे । 
साधारणसभाले प्रमोद कुमार चौधरीको अध्यक्षतामा ७ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । गठित समितिको उपाध्यक्षमा सत्यनारायण हुजदार थारु,सचिबमा जितु चौधरी हुजदार, कोषाध्यक्षमा ममता कुमारी चौधरी चयन भएका छन् ।
यसैगरी समितिको सदस्यहरुमा चन्द्रीका कुमारी चौधरी हुजदार ,विद्यानन्द चौधरी हुजदार , गौरी चौधरी हुजदार रहेका छन् ।