• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

एमाले हनुमाननगर कंकालिनी १ नम्बर वडा अध्यक्षमा  पकैरा 

एमाले हनुमाननगर कंकालिनी १ नम्बर वडा अध्यक्षमा  पकैरा 
 उत्तम आचार्य
कञ्चनरुप , ०२ चैत्र 
नेपाल कम्युनिष्ट पार्टी ( एमाले) हनुमाननगर कंकालिनी वडा कमिटीकाे अध्यक्षमा राजिव पैकरा चयन भएका छन् । भारदहमा शनिबार आयोजित भेलाले पैकरालाई सर्वसम्मतबाट अध्यक्षमा चयन गरेका हुन् ।
गठित समितिको उपाध्यक्षमा बद्री नारायण माझी, सचिवमा शैलेन्द्र कुमार देव, सह सचिवमा क्रमश: ललन मण्डल र किरणदेवी देव चयन भएका छन् । यसैगरी सदस्यहरूमा बुलन्ती देवी सदा, झवर खंग, छुतहरू माझी, माेहम्मद रहमान, माेहम्मद हजरत, मुन्ना देवी लाैगी रहेका छन् ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा निर्वाचन क्षेत्र नम्बर १ की इन्चार्ज सरीता गिरी, प्रदेश कमिटी सदस्य शैलेन्द्रचन्द्र झा, जिल्ला कमिटी सदस्य शाेभितलाल यादव, पार्टी नगर अध्यक्ष आकाश यादव, राष्ट्रीय युवा संघ नेपालका जिल्ला अध्यक्ष अशाेक गेठिया लगायत स्थानीय नेताकार्यकर्ताहरुको सहभागिता थियाे ।