न्यूज टुडे
राजविराज, २६ फागुन ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ३ सकरपुरामा आइतबार राति आगलागी भएको छ ।स्थानीय नथुनी यादव, लखन मुखिया र गोकर्ण मुखियाको घरमा राती ८ बजे आगलागी भएको हो ।
आगलागीपाट नथुनीको दुई, लखनको एक र गोकर्णको एक गरी चारवटा घर जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।
आगलागीमा परि यादवको एउटा खसी र एउटा बाख्रा जलेर मरेको वडा अध्यक्ष रमेश मुखियाले जानकारी दिए । यादवको गुहालीमा बालिएको घुरबाट आगो सल्केको बताइएको छ ।
आगलागीबाट ३३ लाख ७० हजार बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।