मलेठ घटनाका सहिदहरुको स्मृतिमा राजविराज नगरपालिकाले शुक्रबार सार्वजनिक विदा दिएको छ । कार्यबाहक मेयर इसरत परविनले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको हो ।
२०७३ फागुन २३ गते राजविराज नगरपालिका ९ मलेठमा प्रहरीले गोली प्रहार गर्दा सहिद भएकाहरुको सम्झनामा राजविराज नगरपालिकामा सार्वजनिक विदा दिइएको कार्यबाहक मेयर परविनद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै विज्ञप्तिमा नगरपालिकाको कार्यालय, मातहतका अति आवश्यक सेवाहरु वाहेक सम्पुर्ण वडा कार्यालय तथा संस्थाहरु बन्द रहने भनिएको छ ।
नेकपा एमालेको तत्कालीन मेची-महाकाली यात्राको क्रममा मधेसी मोर्चा र प्रहरी वीच झडप हुँदा प्रहरीको गोली प्रहारबाट सन्जन मेहता, आनन्द साह,पिताम्वर मंडल, विरेन्द्र महतो र इनर यादवको मृत्यु भएको थियो ।