• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीको मलेठमा सय बोरा बढी गाँजा फेला
न्यूज टुडे
राजविराज,१९ फागुन ।
सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ९ मलेठस्थित एक स्याउ गोदाममा सोमबार गाँजा फेला परेको छ । प्रहरीलाई शंका लागि चेकजाँच गर्दा एकसय बढी बोरा गाँजा बरामद भएको हो ।
गोदाम नजिकैको एक ट्रकबाट अर्को ट्रकमा शंकास्पद सामग्री अनलोड गरिरहेको देखेपछि शंका लागि सोधीखोजी गर्दा स्याउ गोदाममा गाँजा फेला परेको प्रहरीले जनाएको छ । 
प्रहरीले गोदाम सञ्चालकलाई बोलाएपछि उनी नआएपछि गोदाम फोडेर हेर्दा भित्र गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीका अनुसार सयभन्दा बढी बोरामा गाँजा राखिएको थियो ।
गोदाम भित्र सिट नभएको एउटा स्कर्पियो पनि फेला परेको छ । अहिले उक्त स्थानमा प्रहरीले घेरा हालेको छ । गोदामको खानतलासी भइरहेको छ ।