न्यूज टुडे
राजविराज, २४ माघ ।
सप्तरीको शम्भुनाथ नगरपालिकाबाट बिहीवार मोटर चोरीको आरोपमा एकजना पक्राउ परेको छ । शम्भुनाथ नगरपालिका ७ का ३५ बर्षीय पुरन चौधरी पक्राउ परेको हो ।
स्थानीय सुरेन्द्र चौधरीको पानी तान्ने मोटर चोरी गरेको अवस्थामा प्रहरी चौकी कठौनामा जानकारी गराउनसाथ खटिएको प्रहरी टोलीले पुरनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
मोटर चोरीको आरोपमा पक्राउ परेका उनलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी गराए ।