• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
रुखबाट लडेर वस्नेतको मृत्यु
शिवप्रसाद आचार्य 
फत्तेपुर, २३ माघ । 
सप्तरीको सप्तकोशी नगरपालिका ४ तुलसी चौकमा बुधबार रुखबाट लडेर एक जनाको मृत्यु भएको छ। स्थानीय ५५ वर्षीय दिर्घदल वस्नेतको लडेर मृत्यु भएको हो।
विहानै घाँस काट्न जंगल गएका वस्नेत घर फर्किएर नआएपछि खोजतलास सुरु भएको थियो । खोजतलासका क्रममा स्थानीय वलार्दह सामुदायिक वन क्षेत्रमा घाईते अवस्थामा उनी फेला परेका थिए।
रुखबाट लडेर अन्तिम अवस्थामा फेला परेका वस्नेतलाई दिउँसो करिव १ बजे उपचारका लागि विराटनगर लैजाने क्रममा वाटैमा मृत्यु भएको जनाइएको छ। उनी विहान करिव १० बजे तिर नै रुखबाट लडेको हुन सक्ने स्थानीयको अनुमान छ ।
वस्नेतको बुधबारै स्थानीय त्रीयूगा नदिमा सामाजिक परम्परा अनुसार अन्त्य्ष्टी गरिएको छ। मृतक वस्नेतका श्रीमती ३ छोरी र १ छोरा छन्। एक छोरीको विवाह भईसकेको छ भने २ छोरी र १ छोरा अविवाहित छन् ।