न्यूज टुडे
राजविराज, २२ माघ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा छ्ड्के अनुगमन गरेका छन् । स्वास्थ्य सेवामा लापरबाही भएको गुनासाहरू बढ्दै गएपछि अस्पतालमा मंगलबार प्रजिअ दाहालले आकस्मिक निरीक्षण गरेका हुन्।
निरीक्षणका क्रममा अस्पतालमा दरबन्दी १ सय १ जना कर्मचारीमध्ये २५ जना पोशाकविहीन अवस्थामा उपस्थित रहेका थिए, बाँकी ९७ जना विभिन्न बहानामा कारार ज्यालादारी गरेर अनुपस्थित रहेको पाइएको थियो ।
अस्पतालले करार तथा ज्यालादारी कर्मचारीहरू मार्फत सेवा सञ्चालन गरिरहेको जिल्ला प्रशासन कार्यालयका नासु सजिब कुमार साहले जानकारी दिए। प्रमुख जिल्ला अधिकारी दाहालले अस्पताल प्रशासनलाई सेवामा अनुशासन र जिम्मेवारीका साथ लाग्न निर्देशन दिँदै तोकिएको समयमा हाजिर नभएका कर्मचारीहरूमाथि कानुनी कारबाही हुने चेतावनी दिएको साहले बताए।
अस्पतालमा प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न कडाइका साथ अनुगमन गरिने बताउँदै प्रजिअ दाहालले निर्माणधिन भवन पटक पटक म्याद थप्दा पनि हालसम्म सञ्चालन नआएकोले सहरी सदन कार्यालय सप्तरी,
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ठेकेदार कम्पनीलाई तत्कालै भवनका अधुरा काम सम्पन्न गर्न निर्देश दिए ।
प्रजिअ दाहालले स्थानीय प्रशासनले सर्वसाधारणको स्वास्थ्य अधिकारको रक्षा गर्दै उत्तरदायी शासन प्रणालीलाई सुदृढ बनाउन थप आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे। अस्पतालमा देखीएका कमिकमजोरी तथा लापरबाहीलाई सुधार गर्न अस्पताल प्रशासनलाई निर्देशन दिदै उनले जनगुनासालाई सम्बोधन गर्दै प्रभावकारी सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।