न्यूज टुडे
राजविराज, २२ माघ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका स्थित बसाहामा संचालित १० औं नारदमुनी स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सहलेश युवा क्लब सिरहाले हात पारेको छ । नारदमुनी खेलमैदानमा मंगलबार आयोजित फाइनल खेलमा झापा ११ लाई १ -२ गोलले पराजित गर्दै सिरहाले उपाधिमाथि कब्जा जमाएको हो ।
निर्धारित ९० मीनेटको पहिलो हापको खेलमा विजेता टिमका जार्सी नम्बर १७ का मिलन राईले २ गोल गरि टिमलाई अग्रता कायम गराएका थिए । दुबैटिम वीच कडा प्रतिस्पर्धा रहेको खेलको दोश्रो हापमा उपविजेता टिमको तर्फबाट जर्सी नम्बर ११ का मुकेश साहले १ गोलमात्र फर्काउन सफल भए ।
जितसंगै सहलेश युवा क्लब सिरहाले नगद ५ लाख जितेका छन् भने उपविजेता झापा ११ ले २ लाख ५० हजारमा चित्त बुझाएका छन् । खेल समापन समारोहमा विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई नगद पुरस्कारसहित शिल्ड,कप,मेडल तथा प्रमाणपत्रबाट सम्मानित गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले विजेता टिमका खेलाडीहरुलाई पाँचलाख राशीको नगद पुरस्कारसहित शिल्ड मेडल र प्रमाण प्रदान गरे । यसैगरी कार्यक्रमका विशिष्ट अतिथि चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले उपविजेता टिमलाई २ लाख ५० हजार राशीको नगद पुरस्कारसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरे ।