सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका ८ स्थित शंकर पव्लिक एकेडेमी माध्यमिक विद्यालय ताेपामा सरस्वती पूजाकाे उपलक्ष्यमा सांस्कृतिक कार्यक्रम तथा उत्कृष्ट छात्रछात्राहरुलाई साइकल वितरण गरिएको छ । शंकर पव्लिक एकेडेमी मावि स्कुलका संस्थापक अमरलाल मण्डलकाे अध्यक्षता तथा तिलाठी काेइलाडी गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डल र महादेवा गाउँपालिका अध्यक्ष सुनिल कुमार मण्डलकाे प्रमुख आतिथ्यमा कार्यक्रमकाे आयाेजना गरिएको हाे ।
सरस्वती पूजाको अवसरमा आयोजित कार्यक्रममा मञ्चासीन प्रमुख अतिथिआहित अतिथिगण । फोटो : न्यूज टुडे
कार्यक्रममा कक्षा १२काे परीक्षामा सर्वाेत्कृष्ट अंक ल्याएकाे सत्यनारायण खंगलाई साइकल र प्रमाणपत्र पुरस्कार दिएका छ । यसैगरी एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने रमिता कुमारी यादव र महावीर मण्डल , कक्षा ६ देखि ९ सम्ममा उत्कृष्ट अंक ल्याउने आकाश कुमार यादव, कक्षा १ देखि ५ सम्म सवैभन्दा वढी अंक ल्याउने राहुल कुमार मण्डल लगायतका छात्रछात्रालाई पुरस्कार वापत विद्यालयले साइकल , प्रमाणपत्र प्रदान गरेका छन् ।
कार्यक्रममा विद्यार्थीहरूले विविध किसिम क्षेत्रगत समुदायको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । विद्यार्थीहरूको रुचि, क्षमता र प्रतिभालाई सन्देशमूलक नाटक मञ्चनकाे रुपमा प्रस्तुत गरेकाे विद्यालयका लेखापाल दिपेन्द्र कुमार मण्डलले वताए ।
कार्यक्रममा कला ,स्वर ,गीत , नृत्य लगायतका प्रस्तुति तथा सङ्गीतद्वारा मनोरञ्जनात्मक प्रत्यक्ष प्रस्तुति देखाइएको विद्यालयका प्रधानाध्यापक अमित कुमार साहले जानकारी दिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक साह , युवा नेता सुरज कुमार सिंह , शनि कुमार सिंह ,सहायक प्रधानाध्यापक रामकिशाेर मण्डल, लेखापाल दिपेन्द्र कुमार मण्डल लगायतका स्थानीय बुद्धिजीवी समाजसेवी तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेकाे थियाे ।