• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

प्रधानमन्त्री कप छनाेट क्रीकेट प्रतियाेगिता माघ २४ गते हुने

प्रधानमन्त्री कप छनाेट क्रीकेट प्रतियाेगिता माघ २४ गते हुने
न्यूज टुडे
राजबिराज, २१ माघ ।  
एकदिवसीय प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे लागि जिल्ला क्रिकेट टिम छनाेट प्रतियाेगिता माघ २४ गते हुने भएकाे छ। सप्तरी क्रिकेट संघकाे आयोजना तथा बाेदेबरसाईन नगरपालिकाकाे सहकार्यमा सप्तरी जिल्ला सिनियर क्रिकेट टिम छनाेट प्रतियाेगिता बाेदेबरसाईन नगरपालिका २ स्थित शत्रुघन माबि बैरवा, नेगडाकाे खेलमैदानमा संचालन हुने भएकाे हाे।
सप्तरी जिल्ला क्रिकेट सिनियर टिम चयनका लागी ८२ जना खेलाडीहरूले प्रतिस्पर्धाका लागि नामदर्ता गराएकाे सप्तरी क्रिकेट संघका उपाध्यक्ष निरज सिँह जानकारी दिए। उनका अनुसार  जिल्ला टिममा छनाेट हुनका आवेदन दिएका खेलाडीहरू लागि ६ टिममा बिभाजन गरी प्रतियाेगिता मार्फत उत्कृष्ट प्रदर्शनवाट सप्तरी टिम छनाेट गरिन खेलाडी छनाेट समितिका संयाेजक अनवर अलीले बताए।
नामदर्ता गराएका खेलाडीहरूलाई कुल ६ टिममा बिभाजन गरी टिमकाे नामाकरण समेत गरिएकाे छ।
नामाकरण हुने टिममा छिन्नमस्ता ११, राजदेबी ११, कंकालनी ११, लाेहजरा ११, डाक्नेश्वरी ११, शंभुनाथ ११, क्रिकेट टिम बिच प्रतिस्पर्धा हुने छनाेट प्रतियाेगिता संयाेजक तथा सप्तरी क्रिकेट संघका सदस्य शम्भु दासले जानकारी दिए।
यस प्रतियाेगितावाट सप्तरी जिल्ला सिनियर क्रिकेट टिम छनाेट भई मधेश प्रदेश स्तरीय छनाेट प्रतियाेगितामा सहभागिता जनाउने छ भने प्रदेश छनाेटवाट  मधेश प्रदेश टिमले सिधा फाल्गुनमा हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियाेगितामा सहभागिता जनाउने सप्तरी क्रीकेट संघका सचिब चन्दन कुमार यादवले जानकारी दिए।