• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

डाँका मुद्दाका प्रतिवादी सेक पक्राउ 

डाँका मुद्दाका प्रतिवादी सेक पक्राउ 
न्यूज टुडे
राजविराज, २१ माघ । 
सप्तरी प्रहरीले डाँका मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । राजविराज नगरपालिका ६ बस्ने मो.आप्ताप भन्ने अलताफ सेकलाई आइतबार नियन्त्रणमा लिएको हो । 
डाँका मुद्दामा सप्तरी जिल्ला अदालतले दोषी ठहर गरि फरार रहेको सेकलाई खोजतलास गर्दा माघ २० गते पक्राउ परेको जिल्ला प्रहरी कार्यालयद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । 
तीन महिना कैद सजाय १० हजार जरिवाना तोकिएको डाँका सेकलाई जिल्ला प्रहरी कार्यालय सप्तरीको गस्ती टोलीले पक्राउ गरि सप्तरी जिल्ला अदालत राजविराज दाखिला गरीएको सप्तरी प्रहरी प्रबक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।