• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

विकास निर्माणमा सक्रियता बढाउँदै मन्त्री लेखी

विकास निर्माणमा सक्रियता बढाउँदै मन्त्री लेखी
उत्तम आचार्य 
कञ्चनरूप , २० माघ ।
मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले विकास निर्माण कार्यमा सक्रियता बढाएका छन् ।आफ्नो पहलमा चालू आ.व.२०८१/०८२ मा संघीय तथा प्रदेश सरकारको बार्षिक बजेटमा परेका योजनाहरुको मन्त्री लेखीले स्थलगत अवलोकन तथा स्थानीय जनसमुदायसं अन्तरक्रिया गरेका हुन् ।
मधेश प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १/क अन्तर्गत सप्तरी जिल्लाको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका विभिन्न वडामा संचालनको अवस्थामा रहेको योजनाको मन्त्रीले।आइतबार अवलोकन गरेका छन् ।
अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ०२ मा  “एक निर्वाचन एक सडक कार्यक्रम” अन्तर्गत अग्नीसाईर कृष्णासवरन गाउँपालिका कार्यालय इटहर्वा,इक्राहा हुँदै कमलपुरसम्म सडक निर्माण योजनाको १४ करोड लागतमा  निर्माण सम्पन्न हुने गरि ठेक्का प्रक्रिया सम्पन्न भइ निर्माण कार्य संचालनको चरणमा पुगेको छ।
अग्नीसाईरकै ३ नम्बर वडा स्थित मटिगढा अमसोत नदिमा पुल निर्माणको लागि ९ करोड लागतमा पुल निर्माणको लागि ठेक्का प्रकृया अगाडि बढेको छ।
अग्नीसाईर कै ६ नम्बर वडा मा रहेको श्री राष्ट्रिय माबि.रतवालाको स्तरउन्नतीका लागि ३५ लाख बजेटको निर्माण कार्य सञ्चालनको तयारीमा रहेको छ।
सञ्चालन हुन लागेका योजना हरुको स्थलगत अध्यन तथा स्थानीय जनप्रतिनिधि लगायत सरोकारवाला पक्षसंग गृह मन्त्री लेखीले अन्तरक्रिया गरेका छन् । 
यस पालिका अन्तर्गतका विभिन्न वडाहरुमा सडक,शिक्षा,स्वास्थ,कृषि लगायतका करीब दुई दर्जन भन्दा बढी बिकास निर्माणका योजनाहरु यसै आर्थिक बर्षमा कार्य सम्पन्न हुने गरि प्रदेश सरकारको बार्षिक स्वीकृत बजेटमा समावेश रहेको हुँदा आगामी दिनमा समेत सबै योजना स्थलमा गई अवलोकन अन्तरक्रीया गर्ने प्रतिबद्धता मन्त्री लेखीले गरे ।