• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अग्नीसाइरमा एचपिभि खोप सम्बन्धि अभिमुखीकरण

अग्नीसाइरमा एचपिभि खोप सम्बन्धि अभिमुखीकरण
न्यूज टुडे
राजविराज, २० माघ ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकामा एचपिभि खोप सम्बन्धि एकदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । खोप समन्वय समितीका संयोजक एवम् अग्नीसाइर कृष्णासवरन  गाउँपालिका अध्यक्ष  दिनानाथ चौधरीको अध्यक्षतामा आइतबार अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । 
खोप बारे जानकारी दिदै स्वस्थ्य संयोजक चौधरी । फोटो : न्यूज टुडे
राष्ट्रिय खोप कार्यक्रम २०८१ को परिपत्र अनुसार १० बर्ष देखि १४ बर्षसम्मका वालिकालाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बच्नको लागी एचपिभि खोप अभियान संचालन गरेको गाउँपालिकाले जनाएको छ। 
गाउँपालिकामा फागुन १ गते देखि ६ गते सम्म खोप अभियान संचालन हुने गाउँपालिका स्वास्थ्य शाखाले बताएका छन् । स्वास्थ्य शाखाका अनुसार कक्षा छ देखि कक्षा दशसम्मको छात्राहरुलाई तथा विद्यालय बाहिरका दश बर्ष देखि चौध बर्ष सम्मका किशोरीहरुलाई पनि यो खोप लगाउने छ । 
 खोप अभियानमा ४४ जना स्वमसेविका तथा ३६ जना स्वास्थ्यकर्मी परिचालन गरिएको गाउँपालिकाले जानकारी दिए । अभियान अन्तर्गत १६ सय वालिकाहरुलाई यो खोप लगाउने लक्ष्य रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक  कमल प्रसाद चौधरी बताए । 
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्विन्द कुमार चौधरी  ,नेपाल पत्रकार महांसघ सप्तरीका कार्यसमिति सदस्य बृजमान तामाङ, कार्यपालिका सदस्य श्रीकुमारी चौधरी, शोभा चौधरी, निर्मला कुमारी परियारलगायतका गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरु, विभिन्न स्वास्थ्य संस्थाका इन्जार्जहरुको उपस्थिति रहेको थियो।
कार्यक्रम संचालन गाउँपालिका स्वास्थ्य शाखाकी सिनियर अनमी सकुन्तला चौधरीले गरेकी थिइन् ।