• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

आधारभूत विद्यालय तिलेबोनाको समिति खारेजको माग

आधारभूत विद्यालय तिलेबोनाको समिति खारेजको माग
न्यूज टुडे
राजविराज, २० माघ ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ४ मा अवस्थित राष्ट्रिय आधारभूत विद्यालय बेल्हा तिलेबोनाको विद्यालय व्यवस्थापन समिति खारेज गर्न माग गरिएको छ । गाउँपालिका शिक्षा शाखाका प्रतिनिधि र विद्यालयका शिक्षकहरुले व्यवस्थापन समिति गठनमा धाधली गरेको भन्दै बहुसंख्यक अभिभावकहरुले खारेज गर्नुपर्ने माग गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष ललकू सदाको नेतृत्व आइतबार गाउँपालिका कार्यालय दर्जनौको संख्यामा पुगेका अभिभावकहरुले नीति प्रक्रिया विपरीत गठन गरेका समिति खारेज गर्न जोडदार माग गरेका छन् । गाउँपालिकाका प्रतिनिधि भोला यादव र शिक्षकहरुको मिलोमतोमा गठन प्रक्रियालाई अन्योल राखी व्यवस्थापन समिति गठन गरेको आरोप लगाउँदै अभिभावकहरुले उक्त कपटपूर्ण प्रक्रिया खारेज गर्न आग्रह गरे ।
अभिभावकको नेतृत्व गरेका पूर्व अध्यक्ष सदाले शान्तिपूर्ण रुपले माग सम्बोधन नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिए । माग सम्बोधन नगरिए चरणवद्व आन्दोलनमा उत्रिने उल्लेख गर्दै उनले यसबाट हुने सम्पुर्ण क्षतिको जिम्मेवारी सरोकारवाला पक्षले व्यहोर्नुपर्ने बताए ।
गत माघ १५ गते गरिएको विद्यालय व्यवस्थापन समिति नीतिगत नभएको टिप्पणी गर्दै बहुमत अभिभावकहरुले गाउँपालिकाको कार्यालय, शिक्षा शाखा, जिल्ला प्रशासन कार्यालय,शिक्षा तथा समन्वय इकाई सप्तरी,नेपाल पत्रकार महासंघ सप्तरी र विद्यालयमा हस्ताक्षर सहितको पत्र समेत बुझाएका छन् ।
गाउँपालिका शिक्षा शाखा संयोजक योगेन्द्र प्रसाद यादवले व्यवस्थापन समिति गठन सम्बन्धि बुझेर निकास खोज्ने बताए ।