• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

समाजवादी विद्यार्थी युनियन रौतहटको अध्यक्षमा हिमांशु

समाजवादी विद्यार्थी युनियन रौतहटको अध्यक्षमा हिमांशु
न्यूज टुडे
राजविराज, १९ माघ । 
समाजवादी विद्यार्थी युनियन नेपालको रौतहट जिल्ला समिति गठन गरिएको छ ।  हिमांशु यादवको संयोजकत्वमा ११ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो।
नवनिर्वाचित संयोजक यादवले विद्यार्थी हकहितका लागि आफू सदैव तत्पर रहने बताए। उनले संगठनलाई थप क्रियाशील बनाउने प्रतिबद्धता समेत व्यक्त गरे।
यसअघि युनियनको जिल्ला भेला सम्पन्न भएको थियो। भेलामा  जसपा नेपालका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। 
भेलामा विद्यार्थीहरूको हक अधिकार, शैक्षिक मुद्दा र संगठनको आगामी कार्यदिशाबारे छलफल भएको थियो।
यादवको नेतृत्वमा बनेको नयाँ समितिले विद्यार्थीका समस्यालाई समाधान गर्न र उनीहरूको आवाजलाई बुलन्द पार्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।