• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

महोत्तरीमा आदिवासी जनजाति पत्रकार महासंघको जिल्ला समिति

महोत्तरीमा आदिवासी जनजाति पत्रकार महासंघको जिल्ला समिति
न्यूज टुडे
राजविराज, १९ माघ । 
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ महोत्तरी जिल्ला शाखा गठन गरिएको छ । प्रदेश समिति अध्यक्ष दुष्यन्त चौधरीको अध्यक्षता तथा केन्द्रीय विधान समिति सदस्य शंकर श्रेष्ठको प्रमुख आतिथ्यमा शनिबार आयोजित एक समारोहका वीच जिल्ला शाखा गठन गरिएको हो । 
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ महोत्तरीको प्रथम अधिवेशनले ललन मण्डलको अध्यक्षतामा ७ सदस्यीय जिल्ला शाखा गठन गरिएको छ । गठित समितिको सचिवमा रंजित कापर,कोषाध्यक्षमा निरुता चौधरी चयन भएका छन् । 
यसैगरी समितिको सदस्यहरुमा सुभद्रा भुजेल,रिता लामा, राजकुमार मोक्तान, ॠषी कुमार मण्डल रहेका छन् भने सल्लाहकारमा संजीत मण्डल छन् ।
यसैगरी अधिबेशनले केन्द्रीय अधिवेशन प्रतिनिधिमा मनोज थापा,रिता लामालाई चयन गरेका छन् । 
यसैगरी प्रदेश अधिवेशन प्रतिनिधिमा ॠषी मण्डल, निरुता चौधरी र राजकुमार मोक्तान चयन भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलेश मण्डल,महोत्तरीका पूर्व अध्यक्ष टंक क्षेत्री, प्रेस स्वतन्त्रता सेनानी रवीन्द्र उप्रेती, महोत्तरी उपाध्यक्ष आशा कुमारी तोलाङे, फोनिज प्रदेश सदस्य मनोज थापा, सर्लाही अध्यक्ष घनश्याम बलाम्पाकीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै नवगठित समितिका पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।