• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

तामाङ बस्तीहरुमा ल्होछारको रौनक, मान्यजनबाट टीका खदा ग्रहण गरिंदै

तामाङ बस्तीहरुमा ल्होछारको रौनक, मान्यजनबाट टीका खदा ग्रहण गरिंदै
न्यूज टुडे
राजविराज, १८ माघ । 
सप्तरीमा २८६१ औं सोनाम (डुल) ल्होछारको रौनक छाएको छ । तामाङ बस्तीहरुमा रंगीचंगी लुङ्दोर तथा आफ्ना मौलिक पहिरनमा सजिएका तामाङ समुदायको बढ्दो आवतजावतले ल्होछारको रौनकता बढेको हो । 
टीका खदा थाप्न मान्यजनको घरमा भेला भएको तामाङ समुदाय । फोटो : न्यूज टुडे
ल्होछार पर्वको दोश्रो दिन शुक्रबार मान्यजनको हातबाट टिका, खदा ग्रहण गरि तामाङ समुदायले ल्होछार मनाइरहेका छन् । आफ्नो मौलिक पोशाकमा ससुराली, माईता, माबला आउने-जाने क्रमले तामाङ टोल तथा बस्तीहरुमा उल्लास छाएको नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सूर्यमान तामाङले बताए ।
त्रीरत्न बुद्धको प्रसादको रुपमा टीका ग्रहण गर्दै तामाङ समुदाय । फोटो : न्यूज टुडे

ल्होछारको पहिलो दिन विहिबार त्रीरत्न बुद्धको पूजा गरि लुङ्दोर फराउन राम्रो साइत नभएकोले शुक्रबार विहान आ-आफ्नो घरमा पूजा गरि प्रसादको रुपमा टीका र खदा ग्रहण गरि ल्होछारको टीका प्रारम्भ भएको उनले जानकारी दिए । 
माघ प्रतिपदा अर्थात ल्होछारको पहिलोदिन सार्वजनिक रुपमा ल्होछारको महत्त्व र विशेषता विषयक विचार तथा शुभकामना आदानप्रदान समारोहको आयोजना गरि सामुहिक रुपमा ल्होछार पर्व मनाइएको उनले जानकारी दिए । 
पहिलो दिन टिकाको साइत भएपनि त्रीरत्न बुद्धको पूजा गरी लुङ्दोर फराउने साइत राम्रो नपरेकाले सप्तरीमा दोश्रो दिनदेखि ज्येष्ठ सदस्यबाट टीका, खदा लगाउने आर्शिवाद थाप्ने कार्य सुरु गरिएको अध्यक्ष तामाङले बताए । 
उनका अनुसार यो क्रम निरन्तर जारी राखी श्रीपञ्चमीको साँझमा सम्पुर्ण प्राणीजगतको कल्याण होस र बर्षभरी सुख शान्ति र समृद्धिको कामनासहित अमिता बुद्धको पूजा गरि टीका समापन हुने छ । 
यसअघि सप्तरी घेदुङले सोनाम ल्होछारको परिचय गराउँदै संस्कार र संस्कृति संरक्षण गर्ने उदेश्यले जिल्लाका स्थानीय तहहरुमा तामाङ जागरण तथा सोनाम ल्होछार साँस्कृतिक अभियान संचालन गरेका थिए ।