• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

एसीसीए बिश्व ट्पर संयोग आचार्य सम्मानित

एसीसीए बिश्व ट्पर संयोग आचार्य सम्मानित
उत्तम आचार्य 
कञ्चनरूप , १८ माघ ।
एसीसीए (ACCA) मा बिश्व ट्पर भएका संयोग आचार्य सम्मानित भएका छन् । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर १२ रुपनगरका संयोग नगद २० हजार पुरस्कार राशीसहित सम्मानित भएका हुन् ।
आचार्य सानै उमेर देखि पढाइमा लगनशील भएर अगाडि बढी रहे ।सोहि क्रममा एक बर्ष अगाडि  एसीसीए (ACCA मा बिश्व  टपर हुन सफल भए । उनलाई एक कार्यक्रमको आयोजना गरि एसीसीए ( ACCA नेपालले सम्मान गरेको हो ।
प्रमाणपत्र सहित नगद २० हजार पुरस्कार समेत दिएर सम्मान गरेको हो । संयोग भन्छ्न ‘लगनशील र मिहिनेत गरेर अगाडि बढेमा अबश्य लक्षमा पुग्न सकिन्छ ।’
बुवा सन्तोष आचार्य ,आमा संचिता आचार्य र ठुलो बुवा उत्तम आचार्यको प्रेरणाले गर्दा यहाँ सम्म पुग्न सफल भएको उनि बताउँछन् 
उनि गित संगितमा विशेष रुचि राख्दछ्न । नृत्य , गायन प्रतियोगितामा समेत सहभागी भइ उनले थुप्रै पुरस्कार समेत जितेका छन ।