न्यूज टुडे
राजविराज,१४ माघ ।
सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित न्यू महालक्ष्मी ज्वेलर्समा एक महिना अघि भएको चोरीको घटनामा प्रहरी मुकदर्शक वन्दा पीडित थप पीडामा परेका छन्। न्यूज टुडेसंग सोमबार कुराकानी गर्दै घट्नाको एक महिना वितिसक्दा समेत प्रहरीले गम्भिर अनुशन्धान नगर्दा संलग्न पक्राउ पर्न नसकेको पसलका सञ्चालक मुकेश साहले गुनासो गरेका हुन् ।
तीन पुस्तादेखि सञ्चालनमा रहेको पसलबाट गत ११ गते विहान ४२ लाख रुपैयाँ बराबरको गरगहना चोरी भएको थियो। घट्नाको एक महिना वितिसक्दा समेत प्रहरीले गम्भिर अनुशन्धान नगरेको पसलका सञ्चालक साहको भनाई छ।
साहका अनुसार पुस ११ गते विहानका राती सवा ४ वजे ४ जनाको समूहले सटरको ताला फुटाएर करिब ७ तोला सुन, २१ किलो चाँदीका गहना र २५ हजार नगद चोरी गरेको थियो। सिसिटिभी फुटेजमा चोरहरूको तस्बिर स्पष्ट देखिए पनि प्रहरीले हालसम्म कसैलाई पक्राउ गरेको छैन।
आफुसँग भएका र अन्य पसलबाट उपलब्ध भएका सीसीटीभी फुटेज आफैले खोजेर उपलब्ध गराउँदा समेत प्रहरीले ध्यान नदिएको उनको आरोप छ। ‘पसलमा चोरी गरी करिव १ किलोमिटर पूर्वतर्फ गएको सीसीटीभी फुटेज प्रहरीसँग छ। फुटेजमा स्पष्ट रुपमा मानिसहरु देखिएका छन्’ साहले भने–‘तर प्रहरीले हालसम्म पनि चोरको विषयमा सुँईको पाएको छैन।’
कृयाकलाप हेर्दा प्रहरी ब्यापारीको भन्दा पनि चोरको संरक्षणमा लागेको हो की भन्ने भान हुन थालेको उनले गुनासो गरे। ‘सोध्न जाँदा हामी गर्दैछौं भन्ने वाहेक कुनै जवाफ छैन। अनुशन्धानमा भईरहेको प्रगति पनि हामीलाई जानकारी दिदैनन्’ साह भन्छन्–‘प्रहरीको यो हदको उदासिनताले अन्य व्यापारी÷व्यवसायी आतंकित छन्।’
इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी महेन्द्र नेपालले भने घटनाको सूक्ष्म अनुसन्धान भइरहेको बताए। ‘सिसिटिभी फुटेजमा देखिएका व्यक्तिहरुको पहिचान कठिन भएको छ। तर, प्रयास जारी छ।’– उनले भने।