• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

ल्होछारको अवसरमा धर्मिहल्फाद्वारा फाइवर सिरक वितरण

ल्होछारको अवसरमा धर्मिहल्फाद्वारा फाइवर सिरक वितरण
न्यूज टुडे
राजविराज, १३ माघ । 
तामाङ समुदायको प्रमुख चाड २८६१ औं सोनाम डुल ल्होछारको अवसरमा धर्मिहल्फा महिला विकास क्लब सप्तरीले फाइवर सिरक वितरण गरेको छ । ल्होछारको पूर्वसन्ध्यामा सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ नयाँबस्तीमा आइतबार क्लबद्वारा विपन्न, अशक्त, ज्येष्ठ नागरिक गरि १५ जनालाई सिरक वितरण गरेको हो । 
सिरक पाएपछि इन्जिनियर यादवसंग सेवाग्राही । फोटो : न्यूज टुडे
नेपाल तामाङ घेदुङ सप्तरीको समन्वयमा क्लबद्वारा आयोजित एक समारोहका वीच ऊनीहरुलाई सिरक वितरण गरिएको थियो ।  
क्लबका अध्यक्ष समाजसेवी इन्जिनियर सूर्यनारायण यादवले स्थानीय ज्येष्ठ नागरिक दिनानाथ जैसी, चिनीमाया तामाङ,तिलमाया मोक्तान,पुर्णिामा तामाङ,नरबहादुर योन्जन, यनीमाया लायो मगर, सोममाया तामाङ, मकुमाया तामाङ, कृष्ण बहादुर तामाङलाई प्रति व्यक्ति १ थानको दरले सिरक वितरण गरे । यसैगरी अशक्त श्रीराम विक,ललित बहादुर श्रेष्ठ, अति विपन्न सुखिया सदा, केशव विक ( मंगले,  कोसिला विश्वकर्मा,एकल महिला सुनमाया बललाई समाजसेवी इन्जिनियर यादवले १/१ थानको दरले सिरक वितरण गरे ।
सिरक वितरण कार्यक्रममा बोल्दै समाजसेवी इन्जिनियर यादव । फोटो : न्यूज टुडे
नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सूर्यमान तामाङको अध्यक्षतामा आयोजित कार्यक्रम बोल्दै प्रमुख अतिथि समाजसेवी इन्जिनियर यादवले सोनाम ल्होछारको पूर्व सन्ध्यामा विपन्न नागरिकलाई ठण्डीबाट जोगाउन सानो सहयोग गरेको बताए ।  ज्येष्ठ नागरिक, अशक्त, विपन्न बर्गलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै इन्जिनियर यादवले सहयोग गर्ने अवसर जुराई दिएको भन्दै घेदुङका पदाधिकारीको प्रशंसा गरे । 
कार्यक्रममा बोल्दै संघीय सदस्य भिम घिसीङ । फोटो : न्यूज टुडे
नेपाल तामाङ घेदुङका संघीय सदस्य भिम घिसिङले समाजसेवी इन्जिनियर यादवले समाजका लागि गरेको योगदान अविस्मरणीय रहेको चर्चा गर्दै  यसको जतिसुकै प्रशंसा गरे पनि कमी नै हुने बताए । समाजसेवी इन्जिनियर यादवले ल्होछारको अवसरमा गरेको सहयोगले तामाङ समुदायलाई ल्होछार मान्न प्रोत्साहन गरेको भन्दै उनले तामाङ समुदायका लागि निरन्तर रुपमा उहाँले गरेको यस्ता कार्यले संस्कार र संस्कृति जगर्नामा अतुलनीय योगदान पुगेको बताए ।
धर्मिहल्फाद्वारा वितरणका लागि तयारी अवस्था राखेको फाइवर सिरक । फोटो : न्यूज टुडे
कार्यक्रममा नेपाल तामाङ घेदुङका पूर्व केन्द्रीय सदस्य खडग बहादुर तामाङ, जिल्ला सचिब डिक बहादुर मोक्तान, सदस्य मान बहादुर योन्जन, अशोक योन्जन, नेपाल तामाङ साँस्कृतिक घेदुङ सप्तरीका अध्यक्ष टिक बहादुर तामाङ, नेपाल तामाङ युवा घेदुङ सप्तरीका अध्यक्ष नवराज योन्जन, रुपनी गाउँपालिका ६ का वडा सचिब राम बहादुर तामाङलगायतका स्थानीय अगुवा बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो । 
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका महासचिव बृजमान तामाङद्वारा संचालित कार्यक्रममा स्वागत नेपाल तामाङ घेदुङ सप्तरीकी उपाध्यक्ष सरिता योन्जन तामाङले गरिन ।