• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नेवा: देय: दबू सप्तकोसीको नगर अधिबेशन सम्पन्न

नेवा: देय: दबू सप्तकोसीको नगर अधिबेशन सम्पन्न
शिवप्रसाद आचार्य
फत्तेपुर, १० माघ । 
नेवार समुदायको जातिय संगठन नेवा: दयु: दबू सप्तकोसी नगरपालिकाको अधिवेशन फत्तेपुरमा बिहीबार सम्पन्न भएको छ। नेवा: दय: दवू सप्तकोसी नगर अध्यक्ष उद्वाव श्रेष्ठको अध्यक्षता तथा सप्तकोशी नगरपालिकाका प्रमुख कृष्णप्रसाद ढकालको प्रमुख आतिथ्यमा एक समारोहका वीच अधिबेशन सम्पन्न गरेको हो ।
नेवा: देय: दबू सप्तकोसी नगर समितिका नवनिर्वाचित पदाधिकारी । फोटो : न्यूज टुडे
सप्तकोसी नगरपालिका वडा नम्बर १ स्थित भगवती मन्दिरको सभाहलमामा सम्पन्न अधिवेशनलाई सम्बोधन गर्दै  प्रमुख अतिथि ढकालले विभिन्न जात जाति र धर्म संस्कृतिले सु सज्जित हाम्रो मुलुकको पहिचान  जातिय संस्कारले  झल्काएको बताए। 
नगर प्रमुख ढकालले सबै जात जातिको प्रतिनिधित्व हुने गरी नगरले चाडैनै खानाका परिकारहरुको प्रदर्शनी गर्ने बताए।  उनले जातिगत वाद्यवादन, भेषभुषा,रहनसहन  र संस्कृतिलाई स्थानीय पाठ्यक्रममा समावेश गरिने बताए।
         
नेवा: दय:  दबूका केन्द्रीय सदस्य दक्ष नारायण श्रेष्ठले  नेपालका  सबै  जातजातिहरु साझा भएकाले एक अर्कामा मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए। 
कार्यक्रममा  देय: दबूका मधेस प्रदेश अध्यक्ष  तिलक श्रेष्ठ,वरिष्ठ उपाध्यक्ष दीपेन्द्र गोविन्द वैद्य, सप्तरी अध्यक्ष राजेन्द्र श्रेष्ठ,निवर्तमान अध्यक्ष मित्र बहादुर श्रेष्ठ, लगायतले मन्तव्य व्यक्त गरे।     
संस्कृति सम्पदा झिगु पहिचान ,नेपालको राष्ट्रिय स्वाभिमान भन्ने नाराका साथ सम्पन्न अधिवेशनले विनोद श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नगर समिति गठन गरेको छ । नवगठित नगर समितिको वरिष्ठ उपाध्यक्ष ,महिला उपाध्यक्ष , खुल्ला उपाध्यक्ष,महासचिवय महिला सचिव र कोषाध्यक्षमा क्रमश गीता श्रेष्ठ,तुलसी श्रेष्ठ ,एकराज श्रेष्ठ,पूर्ण श्रेष्ठ,सुस्मिता श्रेष्ठ,तुलसा श्रेष्ठ चयन भएका छन् । यसैगरी समितिको सदस्यहरुमा लाल बहादुर श्रेष्ठ,सर्मिला श्रेष्ठ,इन्द्र कुमार श्रेष्ठ,जानुका श्रेष्ठ,धन लक्ष्मी श्रेष्ठ,लाल बहादुर श्रेष्ठ, डेढ राज श्रेष्ठ रहेको  महासचिव पूर्ण श्रेष्ठले जानकारी दिए।
समितिको सल्लाहाकारमा चन्द्र बहादुर श्रेष्ठ,र उमेश श्रेष्ठलाई चयन गरेको  जनाएको छ । कार्यक्रम सञ्चालन सुस्मिता श्रेष्ठले गरेकी थिइन्।