न्यूज टुडे
राजविराज, १० माघ ।
मधेश प्रदेश सरकारको प्रदेशसभामा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ विरुद्ध राजविराजमा बिहीवार विरोध प्रदर्शन गरिएको छ । इन्टेलेक्चुअल फाउण्डेशन नेपालको आयोजना तथा मिलाप नेपाल र मैथिली साहित्य परिषदको सहकार्यमा प्रदेशसभामा बुधबार दर्ता भएको विधेयक विरुद्ध प्रदर्शन गरिएको हो ।
विरोध कार्यक्रमलाई सम्बोधन गर्दै बक्ताहरुले प्रदेश सरकारले २०८१ माघ ९ गते प्रदेशसभामा दर्ता गरेको विधेयकमा प्रदेशका कामकाजी भाषा नेपालीका अतिरिक्त मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजी प्रस्ताव गरेकोको भन्दै आपत्ती व्यक्त गरेका छन् ।
पहिलो मैथिली त्यस पछि भोजपुरीलाई प्रदेशका कामकाजी भाषा बनाउँदा उपयुक्त हुने सहभागी वक्ताहरुले जोड दिए ।
राजबिराज स्थित नेता चौकमा आयोजित कोणसभालाई फाउण्डेशन अध्यक्ष डा. सूर्य प्रसाद यादव, नेपाल पत्रकार महासंघ सप्तरीकी उपाध्यक्ष सुधा देव, मैथिली साहित्य परिषद अध्यक्ष अबधेश झा, मिलापकी अध्यक्ष रमिला साह, ओल्ड्भिजन क्याम्पसका कोर्डिनेटर शम्भु यादवले सम्बोधन गरे ।
कार्यक्रम संचालन दिलिप यादवले गरेका थिए ।