निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ( प्याब्सन ) सप्तरीको १६ औं अधिवेशन सम्पन्न भएको छ । प्याब्सन का सप्तरी अध्यक्ष अरुण देवको अध्यक्षता तथा संघीय सांसद दिनेश कुमार यादवको प्रमुख आतिथ्यमा राजविराजमा बुधबार आयोजित एक समारोहका वीच अधिबेशन सम्पन्न भएको हो ।
पानसमा बत्ती बालेर अधिबेशन उद्घाटन गर्दै प्रमुख अतिथि संघीय साँसद यादव । फोटो : न्यूज टुडे
कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि साँसद यादवले निजी विद्यालयले शिक्षा र समाजका क्षेत्रमा उल्लेखनीय कार्य गरेको बताए।
उनले निजी विद्यालयले देशको आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताए।
कार्यक्रमका विशिष्ट अतिथि प्याब्सनमा केन्द्रीय उपाध्याक्ष तथा मधेस प्रदेशका इन्चार्ज समेत रहेका अनिल झाले सरकारले बेला बेलामा निजी विद्यालय विरुद्व विभिन्न खाले नीति नियम बनाएर आतंकित बनाउने गरेको टिप्पणी गरे। उनले यस्तो बेलामा निजी विद्यालयहरु एक जुट भएर अगाडि बढ्नु पर्ने जोड दिए
।
प्याब्सनकी केन्द्रीय सचिव आशा खड्काले निजी विद्यालयले शैक्षिक क्षेत्रमा अतुलनीय योगदान गरेको बताइन्।
कार्यक्रममा मधेस प्रदेशका पूर्व अध्यक्ष मुरारी साह,केन्द्रीय सदस्य नरेन्द्र शर्मा,मधेस प्रदेश सचिव गणेश साह,राष्ट्रीय योजना आयोगका पूर्व सदस्य डा कमानन्द देव, पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव,इन्सेक प्रतिनिधि मनोहर पोखरेललगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यकम संचालन सचिव सञ्जयले गरेका थिए।
अधिवेशनले उग्रकान्त झाको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । गठित समितिको वरिष्ठ उपाध्यक्षमा देबकान्त चौधरी, उपाध्यक्षमा अरबेन्द्र कुमार यादब ,सचिवमा सञ्जय शर्मा , सह सचिवमा हरेराम साह, कोषाअध्यक्ष दीपेन्द्र प्रसाद यादब, सह कोषाध्यक्षमा मदन चौधरी चयन भएका छन् ।
समितिको सदस्यहरुमा किशोर ठाकुर,सञ्जय खड्गा,छिरिङ शेर्पा,रामकुमार मण्डल,भारत विष्ट,शुसिला देवी, सुलोचना चौधरी,उमाकान्त चौधरी,लाल कुमार यादव ,रसिला कुमारी चौधरी,दीपेन्द्र कुशीयौत,देवनाथ चौधरी, रिना कुमारी यादव,त्रिभुवन चौधरी निर्वाचित भएको निर्वाचन समितिका संयोजक देवानन्द चौधरीले जानकारी दिए ।