रामनाथ यादव
राजविराज , ०२ माघ
सप्तरीको महादेवा गाउँपालिका ३ स्थित द्वारिका श्रीलाल सातनी यादव माध्यमिक विद्यालय वथनाहामा वुधवार सरस्वती पूजाको तयारीका लागि बालबालिकालाई नृत्य सिकाइएको छ । वालकल्व र कक्षा ९ को संयुक्त पहलमा सरस्वती पूजको तयारीका लागि विद्यालयका वालवालिकाहरुलाई नाँच्न सिकाइएको हो ।
मावि वथनाहामा सरस्वती पूजाका लागि विद्यालयका वालवालिकाहरुलाई साँस्कृतिक कार्यक्रमका लागि एक महिना देखि नृत्य ट्रेनिङ्ग शिक्षा दिइदै आएकाे विद्यालयका सहायक प्रधानाध्यापक रामअशिष यादवले जानकारी दिए । उनले विद्यार्थीहरुलाई कस्तो किसिमको शिक्षाको आवश्यकता रहेको , त्यस्तो किसिमको शिक्षा दिनुपर्ने तथा वालवालिकाहरुकाे मस्तिष्क विकास , शरिरकाे व्याम,याेगाभ्यास , नृत्य लगायतकाे शिक्षाकाे आवश्यकता रहेको विद्यालयका प्रधानाध्यापक युद्ध नारायण यादवले वताए ।
कक्षा ९ र १० का ४५ जना छात्रा र १९ जना छात्रहरुलाई नृत्य शिक्षाकाे तालिम दिइरहेको प्रधानाध्यापक यादवले वताए । १५ जनाकाे समुह गरि ४ समुह वनाएर नृत्य शिक्षा दिदै आएको छ उनले जानकारी दिए ।
यस विद्यालयका ललकी सरदार अहिले ख्यातिप्राप्त डान्सर वनेकी छिन । त्यस्तै एक जना विद्यार्थी जगमाेहन राम अहिले सुनसरी धरानकाे स्कुलमा डान्सकाे ट्रेनिङ दिदै सिकाई रहेका छन् ।
प्रशिक्षकमा श्यामनन्दन राम र विकास मुखिया रहेकाे विद्यालयका प्रधानाध्यापक यादवले वताए । अहिले अनुशासन विनाकाे शिक्षा देखिएको स्थानीय बताउछन् । शिक्षा क्षेत्रलाई स्थानीय तहकाे माध्तमा दिएकाे हुदा मांग अनुसारको शिक्षक , विषय अनुसारकाे शिक्षककाे पदपूर्ति गर्न नसकिदा शिक्षा झन कमजोर वन्दै गएकाे एक अभिभावकले वताए ।
पालिकाहरुमा शिक्षा अधिकृत नपाएर अस्थायी शिक्षकलाई शिक्षा शाखा प्रमुख वनाएर काम चलाउ शिक्षा वनाएकाे अभिभावककाे आराेप रहेकाे छ । शिक्षा,स्वास्थ्य ,कृषि कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत वनाएर काम चलाउ गरिरहेकाे स्थानीयहरु बताउछन् ।