न्यूज टुडे
राजविराज, ०२ माघ ।
श्री लक्ष्मी बल्लभ नरसिंह बहुमुखी क्याम्पस बभनगामा कट्टीमा जसपा नेपाल निकट समाजवादी विद्यार्थी युनियनको इकाई समिति गठन गरिएको छ । समाजवादी विद्यार्थी युनियन नेपाल सप्तरीका उपाध्यक्ष अनिल साहको अध्यक्षतामा बुधबार आयोजित एक भेलाले नितेश झाको अध्यक्षतामा १५ सदस्यीय इकाई समिति गठन गरिएको हो ।
गठित समितिको उपाध्यक्षमा सोनम मण्डल, उज्ज्वल खंग,जयप्रकाश खंग, सचिवमा सर्वेश यादव, कोषाध्यक्षमा रिंकु राउत चयन भएका छन् ।
यसैगरी समितिको सदस्यहरुमा बेबि यादव , पुजा यादव , अंसु पैकरा, मनिषा साह, अर्चना मंडल, प्रिती माझी, लक्ष्मी अधिकारी, लक्ष्मी यादव , रुबिता इसर रहेका छन् ।
कार्यक्रममा समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रीय सदस्य एवम् सप्तरीको जिल्ला संगठन बिभाग प्रमुख श्याम कुमार यादव , स्वबियु मबिब क्याम्पसकी कोषाध्यक्ष मेनुका साह, सदस्य बिनय यादवको उपस्थिती रहेको थियो ।
माघ २५ गते समाजवादी विद्यार्थी युनियन नेपाल सप्तरीको अधिबेशनलाई लक्षित गरि संगठन निर्माण अभियान अन्तर्गत भेला आयोजना गरि इकाई समिति गठन गरिएको संगठन विभाग प्रमुख यादवले जानकारी दिए ।