• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मन्त्री लेखीसंग भेटघाट तथा अन्तरक्रिया

मन्त्री लेखीसंग भेटघाट तथा अन्तरक्रिया
उत्तम आचार्य 
कञ्चनरूप , ०१ माघ ।
नेकपा एमालेको केन्द्रिय सदस्य तथा मधेस प्रदेश सरकारको गृह ,सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले प्रदेश सभा१(क) को जनताहरु संग भेटघाट तथा अन्तरक्रिया गरेका छन् । रुपनगर स्थित  फुलबारी पार्टी प्यालेसमा मंगलबार आयोजित अन्तरक्रियामा मन्त्री लेखीले स्थानीय समस्या बारे जानकारी लिएका हुन् । 
भेटघाट तथा अन्तरक्रियामा बोल्दै मन्त्री लेखीले आफू निर्वाचित भए देखि नै विभिन्न माध्यम तथा जनता,नेताकार्यकर्ताहरुलाई भेटी आफ्नो कार्य सम्पादन , कार्यशैलीको बारेमा जनताहरुको अमुल्य सल्लाह,सुझाव तथा गुनासो लिदै आई रहेकोले बताए ।
 यसै क्रममा मन्त्रीले जनगुनासो तथा जनता नेताकार्यकर्ताहरुको महत्त्वपूर्ण तथा अर्थपूर्ण सल्लाह ,सुझाव संकलन गरि आफुमा भएको कमि कमजोरी सच्याउदै अगामी दिनहरुमा अझ इमानदारी, मेहनत तथा लगनशीलताका साथ  जनचाहना अनुरुप कार्य सम्पादन गर्ने उद्देश्यले  कार्यक्रम आयोजना गरेको बताए । 
मन्त्री लेखीले कञ्चनरुप नगरपालिका वडा नम्बर  ९ स्थित रहेको फुलवारी पार्टी प्यालेसमा बिहान ११ बजे देखि बेलुका ४ बजे सम्म अन्तरक्रिया गरे  । 
माघे/ मकर संक्रान्ती पर्वको व्यस्तताको बाबजुद उक्त अन्तरक्रियामा अग्निसाईर कृष्णा सवरन गाउँपालिका, कञ्चनरुप र सप्तकोशी नगरपालिकाको सयौं जना सर्वसाधारण जनता,पार्टीको नेता कार्यकर्ताहरु लगायत बुद्धिजीवीहरु भेला भई आ- आफ्ना गुनासो तथा  सल्लाह सुझाव राखेका थिए ।
कार्यक्रममा नेकपा एमाले पार्टीको मधेस प्रदेश सदस्य समेत रहेका कञ्चनरुप नगरपालिकाको पुर्व मेयर वसन्त कुमार मिश्र, सप्तकोशी नगरपालिकाको पुर्व मेयर उत्तम गौतम,आसरा देवी चौधरी,डिक बहादुर बि.क. जिल्ला कमिटी सदस्यहरु, तीन वटै पालिकाकाका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिति रहेको थियो ।