शिवनारायण साह(सुरज)
राजविराज, ०१ माघ ।
हलुवाई समाज सुनसरी वुर्जु गाउँपालिका २ वेलगछियाका हलुवाई जातिका कुलवेवता बाबा कंगाली शिवदतको पूजनोत्सवसहित विभिन्न कार्यक्रम गरि मनाइएको छ । वेलगछिया स्थित नहर डिलको छेउमा रहेको निर्माणाधीन मन्दिरबाट मंगलबार निकालिएको कलश यात्रा गाउँपालिका परिक्रमा गरि पुन: मन्दिमा पुगेर पूजा आज तथा प्रसाद वितरण गरिएको हो ।
२०६४ सालमा स्थानीय जग्गादाता मुगालाल साहद्वारा १० धुर उमेशलाल साहद्वारा १० धुर स्वर्गीय लछन साह, विशेश्वर साहद्वारा ५.५ धुर गरि कुल १ कठ्ठा ५ धुर क्ष्रेत्रफलमा मन्दिरको छ्त ढलान भई पूजाआजाको सुरुवात गरिएको बाबा कंगाली शिवदत देव मन्दिरका उपाध्यक्ष ज्वोती साह हलुवाईले जानकारी गराए ।
यो पूजनोत्सव प्रत्येक बर्ष माघ १ गते मनाइने परम्परा रहेको मन्दिर समितिका अध्यक्ष तथा जग्गादाता उमेशलाल साहले बताए ।